काठमाण्डौंः नवलपरासी जिल्लाको पहाडी बुलिङ्टार गाउँपालिका २ टाडीस्वारामा जंगली च्याउ खाँदा शनिवार १६ जना स्थानीय बिरामी परेका छन् ।
बिरामीहरू चितवनकाे भरतपुर स्थित विभिन्न अस्पतालमा उपचार भईरहेकाे बताइएको छ ।
जंगली च्याउ खाई बिरामी पर्नेमा ७ वर्षकी बालिका देखि ७८ वर्षीया बृद्धा सम्म रहेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले जनाए ।
प्रहरीका अनुसार सोही ठाउँको जीवनज्याेति मण्डली चर्चकाे निर्माणाधीन नयाँ भवन ढलाईका लागि पुगेका स्थानीय जंगली च्याउ खाई बिरामी परेका हुन् ।
बिरामी मध्ये बुलिङ्गटार २ कि १७ वर्षीया निशा ठाडा, ४५ वर्षका एकबीर बराल र ५० वर्षीया चुलीमाया थापाकाे गम्भीर अवस्थामा उपचार भई रहेको छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको प्रहरीले बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया