असार २८, २०८२ शनिबार July 12, 2025

सप्तरीमा थप १० जनामा कोरोना संक्रमण पुष्टीः मृतककको संख्या ४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः सप्तरीमा आईतवार थप १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सार्वजनिक गरेको रिपोर्टमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो ।

विष्णुपुर गाउँपालिका १ की ३२ वर्षिया महिला, राजविराज ५ का ४८ वर्षिय पुरुष, तिरहुत गाउँपालिका-४ का २९ वर्षिय पुरुष, तिलाठि कोईलाडि गाउँपालिका ३ का २५ वर्षिय पुरुष, खडक नगरपालिकाका २५ वर्षिय पुरुष, वडा नं. ६ का ४६ वर्षिय पुरुष, वडा नं. ११ का ३३ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका १ का ३० वर्षिय पुरुष तथा महादेवा गाउँपालिका १ का ३० र वडा नं. ५ का ३९ वर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

अस्पतालले आइतवार सप्तरीका १९० जनाको रिपोर्ट सार्वजनिक गरेकोमा अन्य १८० जनाको रिपोर्ट नेगेटिभ छ। योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या ७२६ पुगेको छ भने ५१५ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लामा हालसम्म कोरोना कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया