काठमाण्डौः असार १५ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।
राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।
आज असार १५ को दिन धान रोपाइँसँगै दहीचिउरा खाने प्रचलन नेपाली समाजमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया