असार १९, २०८२ बिहिबार July 3, 2025

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

शुक्रबार थाइल्याण्डको बैंककमा मन्त्रीस्तरीय  बैठकमा सहभागी भएर स्वदेश फर्किए लगत्तै उहाँ पुनः बिरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।

ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ।

उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। शुक्रबार थाइल्याण्डको बैंककमा मन्त्रीस्तरीय  बैठकमा सहभागी भएर स्वदेश फर्किए लगत्तै उहाँ पुनः बिरामी पर्नुभएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया