असार १९, २०८२ बिहिबार July 3, 2025

महिला फुटबलको कप्तानमा ‘साम्बा’

साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने ११औँ खेलाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १५ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानको जिम्मेवारी सावित्रा भण्डारी ‘साम्बा’ ले पाउनुभएको छ ।

लाओसमा आइतबारबाट सुरु भएको एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले साम्बलाई कप्तानको जिम्मेवारी दिनुभएको हो ।

प्रशिक्षक वाइल्डले खेलअघि साम्बालाई कप्तानको जिम्मेवारी दिँदै लाओसविरुद्ध सुरुवाती–११ पनि सार्वजनिक गर्नुभएको छ । साम्बा नेपाली महिला फुटबल टोलीको कप्तानी सम्हाल्ने ११औँ खेलाडी बन्नुभएको छ ।

प्रशिक्षक वाइल्डल यसअघिकी नियमित कप्तान एवं गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई लाओसविरुद्ध पहिलो रोजाईमा समेत राख्नुभएको छैन । एन्जिलाको स्थानमा अञ्जना रानामगरलाई मौका दिइएको छ ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ ।

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया