असार १९, २०८२ बिहिबार July 3, 2025

एसिसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपालले इन्डोनेसियालाई ३७० रनले हरायो

नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १५ गते। नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

आइतबार बिहान मलेसियाको सेलान्गोर टर्फ क्लबको मैदानमा टस हारेर सुरुमा ब्याटिङ गर्दै ४२१ रनको चुनौती दिएको नेपालले इन्डोनेसियामाथि ३७० रनको सानदार जित निकालेको हो ।

नेपालविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको इन्डोनेसियाले २४.३ ओभरमा मात्र ५० रन जोड्न सक्यो । इन्डोनेसियालाई सस्तैमा अलआउट गर्न नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले ७.३ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ६ विकेट लिनुभयो। उहाँको बलिङमा दुई मेडन समावेश थियो। नेपालका लागि शुभम् खनाल र सुगम बुढाथोकीले थप एकएक विकेट हात पार्नुभयो ।

यसअघि सुरुमा ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ४२० रन बनाएको हो । नेपालका लागि प्रसिद्ध जैसीले शतक प्रहार गर्दा परिमार्जन यादव, रौनक श्रीवास्तव, जय थापाले सानदार अर्धशतक बनाउनुभयो। प्रसिद्धले ११४ बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १३२ रन बनाउनुभयो ।

त्यसैगरी परिमार्जन यादवले मात्र २८ बलमा ७१ रन जोड्नुभयो । उहाँको शानदार अर्धशतकमा चार चौका र आठ छक्का समावेश थियो । रौनक श्रीवास्तवले ७१ बलको सामना गर्दा आठ चौका र दुई छक्काको मद्दतमा ८८ रन जोड्नुभयो । भने जय थापाले ४१ बलमा सात चौकाको मद्दतमा ५७ रन बनाउनुभयो। सुगम बुढाथोकीले अविजित ३९ रन जोड्दा रोशन शाहीले नटआउट १० रन थप्नुभयो।

यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले हराएको नेपालले जापानमाथि ९ विकेटको जित निकालेको थियो। यो जितसँगै समूह ‘ए’को नेपाल तीन खेलमा तीन जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा पुगेको छ। नेपालले समूह चरणको अन्तिम अर्थात् चौथो खेल असार १७ गते भुटानसँग खेल्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया