असार १९, २०८२ बिहिबार July 3, 2025

मेस्सीको टिमलाई हराउँदै अघि बढयो मेस्सीको पुर्व क्लब

पहिलाे पटक मेस्सी आफ्नै पुर्व क्लबवाट पराजित हुन पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १६ असार । पेरिस सेन्ट जर्मन (पिएसजी)ले घरेलु टोली इन्टर मियामीविरुद्ध ४–० को सहज जित निकालेको छ ।

यो जीतसँगैँ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

आइतबार मार्सिडिज बेन्ज रंगशालामा पिएसजीलाई जित दिलाउन जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे पनि थप एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

खेलको छैटौं मिनेट मै नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो भने  फाबियन रुइसको पासलाई सदुपयोग गर्दै नेभेसले नै ३९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

टोमस एभिलेसबाट आत्मघाती गोल हुन पुग्दा ४४औं मिनेटमा पिएसजीको अग्रता ३–० मा पुग्यो भने हाकिमीले ४८औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए ।

पिएसजी मेस्सीकाे पुर्व क्लब हाे, जुन छाडेर उनी इन्टर मियामीमा प्रवेश गरेका थिए । तर, पहिलाे पटक मेस्सी आफ्नै पुर्व क्लबवाट पराजित हुन पुगे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया