सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपति कारिसबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
यसअघि प्रधानमन्त्री ओलीले गेट्स फाउन्डेसनद्वारा आज आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया