असार १९, २०८२ बिहिबार July 3, 2025

एएफसी महिला एसियन कपमा आज नेपालले श्रीलंकासँग खेल्ने

नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औँ अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् । साम्बाले ४ गोल पनि गरिन् ।

यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०-० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन् । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औँ तथा श्रीलंका १५९औँ स्थानमा छन् ।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । फिफा वरियतामा ५१औँ स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया