असार १९, २०८२ बिहिबार July 3, 2025

फिफा क्लब विश्वकप फुटबल : रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा

सेमिफाइनलका खेल अर्को हप्ताको बुधवार र बिहिवार तथा फाइनल खेल असार ३० गते सोमवार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकप फुटबलमा रियल मड्रिड र बोरुसिया डर्टमुन्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० गोलले हरायो ।

यस्तै अर्को खेलमा बोरुसिया डर्टमुन्डले मोन्टेरेलाई २–१ गोलले हराएको छ । योसँगै फिफा क्लब विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

अब रियल मड्रिडले क्वार्टरफाइनलमा बोरुसिया डर्टमुन्डसँग खेल्नेछ । त्यस्तै पेरिस जेन्ट जर्मेइन (पीएसजी) र बायर्न म्युनिख, फ्लुमिनेन्स र अल–हिलाल, पाल्मीरास र चेल्सीले खेल्नेछन् ।

क्वार्टरफाइनलका खेलहरु शनिवार र आइतवार हुनेछन् । यस्तै सेमिफाइनलका खेल अर्को हप्ताको बुधवार र बिहिवार तथा फाइनल खेल असार ३० गते सोमवार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया