काठमाडौँ, असार १८ गते । सातै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।
बुधबार बिहान राष्ट्रपति भवन, शीतल निवासमा आयोजित भेटका क्रममा हाल कार्यरत सात वटै प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
शिष्टाचार भेटमा कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी भएका थिए।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूको भूमिकाको सराहना गर्दै समन्वय र सुशासनमा उनीहरूको सक्रिय भूमिका अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया