मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसियन कप छनोटमा नेपालद्वारा श्रीलंकामाथि ८-० को सानदार जित

एएफसी महिला छनोटमा नेपालको लगातार दोस्रो जित, श्रीलंका ८-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंका विरुद्धको खेलमा नेपालले ८-० को फराकिलो जित निकालेको छ।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकमा नेपालले जित हासिल गरेको हो। योसँगै जारी छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ।

त्यस्तै नेपालका लागि कप्तान साम्बाको ह्याट्रिकसँगै गीता रानाले २, निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक एक गोल गरे। खेलको सुरूआतमा नै नेपालले पहिलो अग्रता लिएको थियो। खेलको सातौँ मिनेटमा अनिता बस्नेतको कर्नरमा गीताले गोल गरिन्।

त्यसैगरी, खेलका खेलको २०औँ मिनेटमा नेपालले आफ्नो अग्रता दोब्बर बनायो। जसमा सावित्राले गोल गरिन्। त्यसपछि खेलको ४२औँ मिनेटमा सावित्राले फ्रि–किकमाफर्त टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा सावित्राले गोल गर्दै टोलीलाई ४-० गोलको अग्रता दिलाइन्।

खेलको ५३ औं मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मी कुमारी घिसिङलाई बक्स भित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गीता रानाले गोल गरिन्। यो सँगै नेपालले ५-० को अग्रता बनायो।

यस्तै ६२ औं मिनेटमा निशा थोकरले गोल गर्दै टोलीलाई ६-० गोलको अग्रता दिलाइन्। खेलको ७८ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् भने ८९ औं मिनेटमा पुजाको गोलमा नेपाल ८-० ले विजयी भयो।

नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। यता श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०-० को फराकिलो अन्तरमा हारेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार