असार २०, २०८२ शुक्रबार July 4, 2025

सुदूरपश्चिम प्रदेशः उद्योगमन्त्री चौधरी पदमुक्त

मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, १९ असारः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आज पदमुक्त गर्नुभएको छ ।

मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो साता पदबाट राजीनामा दिन निर्देशन दिनु भए पनि उहाँले राजीनामा दिनुभएको थिएन । मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रुपमा मुख्यमन्त्रीले आज मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गर्नुभएको हो ।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहनुभएका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

कूल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सात जना सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११ छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार