असार २०, २०८२ शुक्रबार July 4, 2025

बजेट असन्तुलित भन्दै राप्रपाद्वारा बागमती प्रदेशसभा बैठक बहिष्कार

दलका नेता थापाले आफ्नो भनाइ राखेपछि राप्रपाका प्रदेश सभा सदस्य सभा कक्षबाट बाहिरिएका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, असार १९ गते। बागमती प्रदेशसभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८२/८३ को बजेट असन्तुलित भएको भन्दै प्रदेश सभाको बिहीबारको बैठक बहिष्कार गरेको हो।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभा बैठकको सुरुमा नै आफूले बजेटका बारेमा राखेका विषय सम्बोधन नभएको भन्दै बजेटमा त्रुटि रहेको बताउनुभयो।

बजेटमा अनियमितता छ, समावेशी र समानुपातिक छैन नेता थापाले भन्नुभयो, ‘सरकारले सच्च्याउन केही समय माग गरेको छ, आजको बैठक हामी बहिष्कार गर्छौ।’ उहाँले बजेटप्रति अहसहमति रहेको बताउनुभयो।

यसअघि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक सुरु गरे लगत्तै राप्रपा संसदीय दलका नेता थापाले उठेर बोल्ने समय माग गर्नुभएको थियो। दलका नेता थापाले आफ्नो भनाइ राखेपछि राप्रपाका प्रदेश सभा सदस्य सभा कक्षबाट बाहिरिनुभएको थियो।

आगामी आवको बजेटमाथि छलफल गर्ने गरी बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेभन्दा ढिला गरी सुरु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार