असार २०, २०८२ शुक्रबार July 4, 2025

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेड्रिड (स्पेन) । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा कतारको दोहा प्रस्थान प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति दोहा प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीले विदाइ गरेका थिए ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तरर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

गत असार १४ गते स्पेन पुगेका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार