असार २०, २०८२ शुक्रबार July 4, 2025

विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन

पार्टी संरचनामार्फत् स्वयम्सेवक परिचालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २० गते  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न मातहतका समिति र मोर्चालाई निर्देशन दिएको छ । वर्षा र बाढीपहिरोबाट हुने क्षति कम गर्दै जनताका धनजनको सुरक्षाका लागि विपत् व्यवस्थापन कार्यमा खटिन बिहीबार परिपत्र गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार महासचिव देव गुरुङले परिपत्र जारी गर्दै विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न भन्नुभएको छ ।

पार्टीको विपत् व्यवस्थापन विभाग गठन गर्ने, स्वयम्सेवक परिचालन संयन्त्र बनाउने र स्वयम्सेवक टोली निर्माण गर्ने निर्णय अनुसार परिपत्र गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो ।

विभागलाई पार्टीको प्रदेश, जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र, प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयम्सेवक परिचालन संयन्त्र निर्माण गर्न परिपत्र गरिएको छ । विपत् परिचालन संयन्त्रको नेतृत्वमा जिल्लामा पार्टी समिति, वाइसिएललगायत मोर्चाबाट सहभागी हुने गरी स्वयम्सेवक टोली निर्माण गर्न पनि भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार