काठमाण्डौंः नेपाल हक्की संघको आयोजनामा पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने भएको छ।
नेपालमा पहिलोपल्ट फाइभ ‘ए’ साइड इन्डोर हक्की प्रतियोगिता हुन लागेको हो। भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसलमा उक्त इन्डोर हकी हुनेछ। प्रतियोगितामा कोसी, मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।
समूह ‘ए’ मा कोसी, बागमती र सुदूरपश्चिम तथा ‘बी’ मा आर्मी, गण्डकी र मधेस छन्। यस प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताका टेक्निकल डाइरेक्टरले जानकारी दिए। उनका अनुसार यो फाइभ ‘ए’ साइडमा कुल २० मिनेटको खेल हुनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी पाउनेछ। साथै विधागत उत्कृष्टअन्तर्गत गोलकिपर, डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउनेछन्।
हक्की फाइभ फिल्ड हक्कीको छोटो स्वरूप हो, जुन छोटो मैदानमा र कम खेलाडीहरूसहित तीव्र गतिमा खेलिने गरिन्छ। अन्तर्राष्ट्रियस्तरमा यसको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। एउटा टोलीमा पाँच जना खेलाडी (४ फिल्ड प्लेयर र एक गोलकिपर) हुन्छन्। यस विधाको खेलमा साइडलाइन आउट हुँदैन र बल रिबाउन्ड भएर खेल चलिरहन्छ। यो फम्र्याटको हक्कीमा कुनै पनि भागबाट गोल गर्न सकिने संघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया