काठमाडौं । लिभरपुल फुटबल क्लबले कार दुर्घटनामा ज्यान गुमाएका आफ्ना अग्रपंक्तिका खेलाडी डियागो जोटाको सम्झनामा उनको २० नम्बर जर्सीलाई अब प्रयोगमा नल्याउने निर्णय गरेको छ ।
क्लबले सिजन २०२४–२५ को प्रिमियर लिग उपाधि जित्न जोटाले खेलेको भूमिकालाई “अविस्मरणीय र ऐतिहासिक” बताउँदै उनको योगदानलाई सम्मान दिन २० नम्बर जर्सीलाई स्थायी रूपमा अवकाश दिने निर्णय लिएको हो ।
२८ वर्षीय डियागो जोटा र उनका भाइ आन्द्रे जोटाको केही दिनअघि स्पेनमा भएको एक कार दुर्घटनामा मृत्यु भएको थियो । खेलाडीको असामयिक निधनप्रति लिभरपुल समर्थकदेखि विश्व फुटबल जगतमा शोकको लहर छाएको छ । क्लबका अनुसार, जोटाको सम्झना क्लब इतिहासमा सदैव जीवित रहनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया