असार २२, २०८२ आइतबार July 6, 2025

बायर्नलाई हराउँदै पिएसजी क्लब विश्वकपको सेमिफाइनलमा

अब सेमिफाइनलमा रियल मड्रिडसँग भिडन्त पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २२। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० गोलले पराजित गर्दै पिएसजी अन्तिम चारमा पुगेको हो।

खेलको ७८ औं मिनेटमा डिजायर डोउले पिएसजीका लागि पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने इन्जुरी समयको दोस्रो मिनेटमा ओस्माने डेम्बेलेले दोस्रो गोल थप्दै जित पक्का गरे। पिएसजीले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै बायर्नको डिफेन्सलाई दबाबमा राखेको थियो।

यद्यपि खेलमा केही नाटकीय क्षणहरू पनि देखिए। ८२ औं मिनेटमा पिएसजीका विलियन पाचोले रातो कार्ड पाए भने अन्त्यतिर, ९०+२ औं मिनेटमा लुकास हर्नान्डेज पनि रातो कार्ड खाँदै मैदान बाहिरिए।

यो जितसँगै पिएसजीले सेमिफाइनलको यात्रा तय गरेको छ र अब उसले युरोपेली फुटबलको अर्को शक्तिशाली क्लब रियल मड्रिडसँग भिड्नेछ। फुटबलप्रेमीहरूका लागि अबको सेमिफाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार