असार २३, २०८२ सोमबार July 7, 2025

साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या

शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ असारः साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त रूपमा साझा यातायातको कार्यालयमा शनिबार सो आँखा जाँच शिविर आयोजना गरिएको थियो ।

नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये १५ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो । समस्या देखिएकाहरूलाई औषधि, नजिकको चश्मा र कालो चश्मासमेत निःशुल्क वितरण गरिएको थियो । उहाँले भन्नुभयो, “ एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्छ । चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ ।”

सो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीले आँखा जाँच शिविरमा सेवा पुर्याएका थिए । नेपाल नेत्रज्योति सङ्घले आफ्नो स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार