श्रावण २०, २०८३ बुधबार August 5, 2026

चिकित्सक सङ्घले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने

चिकित्सकहरूले पेशागत सुरक्षासहितका विभिन्न मागहरू अघि सारेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २३ गते । नेपाल चिकित्सक सङ्घले आफ्ना माग पूरा नभएको भन्दै मंगलबार पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका उपचार सेवा बन्द गर्ने भएको छ।

सङ्घका महासचिव डा. सञ्जीव तिवारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारका तर्फबाट कुनै पहल नदेखिएको कारणले आन्दोलन जारी राख्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबार पनि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिनेछ।

यसअघि सोमबार पनि देशभरका अस्पतालमा समान स्वरूपको आन्दोलन गरिएको थियो। चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा अवरुद्ध गर्दै सरकारलाई दबाब दिन खोजेका छन्। सङ्घले माइतिघर मण्डलामा प्रदर्शन गर्ने र चिकित्सा शिक्षा आयोग अन्तर्गतको लाइसेन्स काउन्सिलमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।

चिकित्सकहरूले पेशागत सुरक्षासहितका विभिन्न मागहरू अघि सारेका छन्। यद्यपि, सरकारले माग सुनुवाइको कुनै ठोस संकेत नदेखाएको भन्दै आन्दोलन थप सशक्त बनाइने सङ्घले चेतावनी दिएको छ।

सङ्घको आन्दोलनका कारण बिरामीहरूलाई सेवा पाउन कठिनाइ भएको जनगुनासो देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार