असार २४, २०८२ मंगलबार July 8, 2025

चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

यातायातमा संलग्न सबैलाई सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाउन विशेष अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असार २४ । चीनको तिब्बत क्षेत्रमा पर्ने न्यालममा निरन्तर भारी वर्षा भएपछि त्यसको प्रभाव भोटेकोशी र सुनकोशी नदीमा पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ती नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार चिनियाँ अधिकारीहरूबाट प्राप्त सूचनाअनुसार न्यालम क्षेत्रमा आज राति अझ बढी वर्षा हुने सम्भावना रहेको छ। सोही आधारमा नेपालतर्फ बाढी र डुवानको जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीका साथ सतर्कता अपनाउन आग्रह गरिएको हो।

अरनिको राजमार्गमा सवारी सावधानीपूर्वक चलाउन अनुरोध

जिल्ला प्रशासन कार्यालयले जारी सूचनामा भनिएको छ— “भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले ती क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू सतर्क रहन र विशेषतः अरनिको राजमार्ग अन्तर्गत बन्देउदेखि लिपिङसम्मको खण्डमा सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन अनुरोध छ।”

ल्हेन्दे खोलामा बाढी, ठूलो जनधनको क्षति

यसअघि, गएराति रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको उद्धार कार्यमा ५५ जनाको जीवित उद्धार गरिएको छ भने कम्तीमा सात जनाको मृत्यु पुष्टि गरिएको छ।

प्रहरीका अनुसार, बाढीमा नेपाली र चिनियाँ नागरिकसहित १८ जना अझै वेपत्ता छन्। बाढीले नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुलसमेत बगाएको छ, जसका कारण दुबै मुलुकको सिमा क्षेत्रमा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

स्थानीय बासिन्दा र पर्यटकलाई सतर्क रहन अपिल

प्रशासनले नदी किनारमा रहेका बासिन्दा, यात्री, पर्यटक तथा व्यवसायिक यातायातमा संलग्न सबैलाई सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाउन विशेष अपिल गरेको छ।

भारी वर्षा अझै केही दिनसम्म निरन्तर रहने सम्भावना रहेकाले तटीय क्षेत्रमा रातको समयमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार