असार २४, २०८२ मंगलबार July 8, 2025

यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ

नेपालले जुलाई ११ तारिख भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २४ गते । बङ्गलादेशमा जुलाई ११ देखि २२ तारिखसम्म हुने यु–२० महिला साफ च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार खेलाडीको बिदाइ गरेको हो । दक्षिण एसियाली फुटबल महासङघ (साफ) को आयोजनामा हुन लागेको च्याम्पियनसिपमा नेपाल, आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानको सहभागिता रहनेछ ।

नेपालले जुलाई ११ तारिख भुटानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपाली टोलीको प्रशिक्षक यमप्रसाद गुरुङले यसअघिनै नेपाली टोलीको घोषणा गरिसक्नु भएको छ ।

नेपाली टोली

बिर्सना चौधरी (कप्तान), लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया र सुशीला केसी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार