कार्तिक २५, २०८३ बुधबार November 11, 2026

काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक

काठमाडौँ महानगरमा कार्यपालिका बैठक बोलाइयो, बजेट प्रस्तुत हुने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असार २६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरिएको मेयर शाहको सचिवालयले जानकारी दिएको छ । बैठक महानगरको नीति तथा बजेट सम्बन्धी छलफलका लागि महत्वपूर्ण मानिएको छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको मतभेदका कारण महानगरको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अझै सार्वजनिक भएको छैन । अब कार्यपालिका बैठक आह्वानसँगै बजेट प्रस्तुत हुने सम्भावना प्रबल देखिएको छ ।

कार्यपालिकाको बैठकअघि शुक्रबार बिहान ११ बजे बजेट स्रोत समिति बैठक बस्ने कार्यक्रम पनि तय गरिएको छ । स्रोत समितिको बैठकले बजेटका प्राथमिकता, सम्भावित आय–व्यय र कार्यक्रमबारे छलफल गर्नेछ ।

महानगरको कार्यपालिका बैठकले बजेट पास गर्न सक्ने परिस्थिति बनेको संकेत सचिवालयले दिएको छ । केही समयदेखि स्थगित रहेको बजेट प्रक्रिया अगाडि बढ्ने आशामा सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीहरू छन् ।

योजनाको कार्यान्वयन, कर्मचारी व्यवस्थापन, तथा सेवा प्रवाहलाई नियमित गर्ने विषयमा पनि बैठकले निर्णय लिन सक्ने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया