असार २९, २०८२ आइतबार July 13, 2025

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने

त्रिविको अनुमानमा बिदा दुरुपयोग गर्नेबाट करिब २ अर्ब रुपैयाँ बराबरको रकम असुल उपर गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक तथा कर्मचारीबाट असुल उपर हुने रकमलाई निवृत्तिभरण कोष वृद्धिका लागि प्रयोग गर्ने निर्णय गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत त्रिविले बिदा लिई तोकिएको उपाधि हासिल नगरेका वा अध्ययनपछि पुनः सेवामा नफर्किएका शिक्षक–कर्मचारीबाट उठाइने रकमलाई निवृत्तिभरण कोषको स्रोतका रूपमा प्रयोग गर्ने उल्लेख गरेको हो।

त्रिवि मातहतका विभिन्न निकायहरूबाट उच्च शिक्षा अध्ययनको नाममा बिदा लिई विदेश गएर नफर्कने वा अध्ययन नै पूरा नगरी फर्किने प्रवृत्तिले गम्भीर समस्या निम्त्याएको भन्दै विश्वविद्यालयले यस विषयमा छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको प्रतिवेदन अनुसार करिब ४ सय प्राध्यापकले बिदाको दुरुपयोग गरेको पाइएको छ।

ती प्राध्यापकहरूले औसतमा ५ वर्षसम्म अध्ययन बिदा लिएका थिए, सो अवधिमा तलब भत्ता समेत लिने गरे पनि अन्त्यमा सेवामा नफर्किएको विश्वविद्यालयको निष्कर्ष छ।

त्रिविको अनुमानमा बिदा दुरुपयोग गर्नेबाट करिब २ अर्ब रुपैयाँ बराबरको रकम असुल उपर गर्न सकिने देखिएको छ। यही रकमलाई त्रिविले वित्तीय स्रोतका रूपमा प्रयोग गर्ने रणनीति बनाएको हो।

विश्वविद्यालयले बिदा दुरुपयोग गर्नेहरूमाथि कारबाही प्रक्रिया पनि अघि बढाएको जनाएको छ। त्रिविका अनुसार यसअघि अध्ययन बिदालाई अनुगमन तथा प्रतिवेदन दिने प्रणाली कमजोर भएकाले यस्तो समस्या उत्पन्न भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार