असार २८, २०८२ शनिबार July 12, 2025

तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ३३६ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

चालु आवमा ‘मेयर छात्रवृत्ति कार्यक्रम’मार्फत नगरभित्रका ५३ शैक्षिक संस्थाका ती विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । यहाँका दर्छा क्याम्पस र सहिद बहुमुखी क्याम्पससहित ५१ सामुदायिक विद्यालयका साधारण तथा प्राविधिक-विज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति सहयोग गरेको नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।

साधारणतर्फ ५३ शैक्षिक संस्थाका ३१३ विद्यार्थीलाई रु १० लाख ३१ हजार ८०० र उच्च प्राविधिक-विज्ञान सङ्कायका २३ विद्यार्थीलाई रु एक लाख ६७ हजार ६०० बराबर छात्रवृत्ति रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख रमणबहादुर थापाले विद्यार्थीको पठनपाठनमा सहजताताका लागि आवश्यक सहयोग गर्न ‘मेयर छात्रवृत्ति कार्यक्रम’ सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले कार्यक्रम सञ्चालनमा आएपछि असहाय, न्यून आय भएका र जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगेकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया