असार २९, २०८२ आइतबार July 13, 2025

मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत

न्याशभिललाई हराउँदै इन्टर मियामी तालिकाको पाँचौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : मेजर लिग सकर (एमएलएस)को आफ्नो पछिल्लो खेलमा अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध क्लब इन्टर मियामीले रोमाञ्चक जीत हासिल गरेको छ । इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्याशभिललाई २–१ गोलले हराएको हो ।

इन्टर मियामीको जीतमा दुवै गोल मेसीले नै गरेका हुन् । उनले खेलको दुवै हाफमा एक-एक गोल गरे । खेल शुरू भएको १७ औं मिनेटमै मेसीले आकर्षक गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए ।

सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । दोस्रो हाफ शुरू भएलगत्तै न्याशभिलले खेललाई बराबरीमा ल्यायो । न्याशभिलका लागि ४९ औं मिनेटमा हानी मुख्तरले जवाफी गोल गरे ।

खेल प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहँदा निर्धारित समयको ६२ औं मिनेटमा मेसीले नै टोलीका लागि निर्णायक गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । जीतसँगै इन्टर मियामी अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

हालसम्म १९ खेल खेलेको इन्टर मियामीले ३८ अंक बटुलेको छ । इन्टर मियामीले ११ जीत, पाँच बराबरी र तीन हारको नतिजा निकालेको छ । न्याशभिल भने २२ खेलबाट ४१ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा आसिन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया