असार ३०, २०८२ सोमबार July 14, 2025

फिफा क्लब विश्व कप चेल्सीको पोल्टामा, पिएसजी ३-० ले पराजित

कोल पालमरको दोहोरो गोलमा चेल्सी विश्व विजेता, पिएसजी फाइनलमै धराशायी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्यु जर्सी । पिएसजीलाई ३-० को फराकिलो अन्तरले हराउँदै चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे ।

खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेरै प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार