मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण

उताबाट जवाफ आएपछि के गर्ने भनेर अगाडिको प्रक्रियाका बारेमा निर्णय लिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अखिल नेपाल फुटबल संघ (एन्फा)सँग टसल चलाएका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई स्पष्टीकरण सोधिएको छ।

यसअघि नेपालले उज्वेकिस्तानसँग खेलेको खेलको विवरण माग गर्दै प्याट्रिकलाई स्पष्टीकरण सोधेको थियो। जुन प्रतियोगितामा आफूसँग समन्वय नगरी प्याट्रिकले कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई लगाइदिएका थिए।

खेल सुरु हुनुभन्दा ९० मिनेट अघिसम्म कप्तान तय नभएपछि एन्फा म्यानेजर टिमले मिडफिल्डर रेनुका नगरकोटीलाई तोकेको थियो। तर, प्याट्रिकले एकाएक कप्तान साम्बालाई बनाएका थिए। यो घटनापछि एन्फा र प्याट्रिकको सम्बन्ध दरार बनेको छ।

आगामी खेल प्याट्रिकले खेलाउँछन् वा खेलाउँदैनन् तय हुन बाँकी छ। उनी उज्वेकिस्तानबाट सिधै बेल्जियम लागेका छन्। मुख्य प्रशिक्षक प्याट्रिकलाई स्पष्टीकरण सोधिएको एन्फा प्रवक्ता सुरेश शाहले पुष्टि गरे।महिला टोलीका मुख्य प्रशिक्षक वाइल्डले उज्वेकिस्तानमा हुँदा नै घटनाको बारेमा तीन पेज लामो पत्र एन्फालाई पठाएका थिए।

उताबाट जवाफ आएपछि के गर्ने भनेर अगाडिको प्रक्रियाका बारेमा निर्णय लिने शाह बताउँछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार