काठमाण्डौः नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकालाई ७-० को फराकिलो अन्तरमा हराएको छ।
मिना देउवाको ह्याट्रिकमा नेपालले श्रीलंकामाथि सानदार जित निकालेको हो। मिनाका बाबजुत खेलमा पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरे।
खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन्।१३ औं मिनेटमा समिक्षाले अग्रता दोब्बर पारिन्। खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। मिनाले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरिन्। थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो। यसपछि इन्ज्युरी समयको चौथौ मिनेटमा पूर्णिमाले किपरसँगको वान भर्सेज वानमा हानेको प्रहार किपरको हातमा लागेर गोलमा परिणत भयो। पहिलो हाफमा नेपालले ५-० को अग्रता बनायो।
दोस्रो हाफमा भने श्रीलंका विरूद्ध नेपालले दुई गोल मात्र गर्न सक्यो। ७० औं मिनेटमा वर्षा ओलीको पास श्रीलंकाको डिफेन्डरलाई लागेर आएको बललाई मिनाले सही दिशा दिइन्। योसँगै मिनाले ह्याट्रिकको सफलता प्राप्त गरिन्।
यसपछि इन्जुरी समयको पहिलो मिनेटमा करिब २५ कार्ड टाढाबाट सरिताले हानेको फ्रिकिक प्रहार श्रीलंकाकी होल किपरको हातमा लाग्दै गोलमा परिणत भयो। यो सँगै नेपालले ७-० को जित हात पार्यो।
पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बंलादेशसँग ३-२ होल अन्तरले हारेको थियो। अब नेपालले बिहीबार श्रीलंकासँग नै खेल्नेछ। ४ टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया