श्रावण ३, २०८२ शनिबार July 19, 2025

वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै

विपीचोकबाट सुरु भएर इदगाह-गुरुद्वारा धम्बोझी-वागीश्वरी मन्दिर-घरबारीटोल– पीपलबोट-गुम्बा-त्रिवेणीमोड अब धार्मिक करिडोर बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, १ साउनः यहाँको प्रसिद्ध शक्तिपीठ वागीश्वरीमा रु १५ लाख लागतमा अष्टधातुले बनेको जुँगे महादेवको मूर्ति यही साउन ५ गते सोमबार पुनःस्थापना गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार भक्तजनको सुविधालाई दृष्टिगत गरी सोही दिनदेखि पूजार्चनाका निम्ति मन्दिर खुला हुनेछ । २००७ सालमा बनेको संरचना र मूर्ति स्थापना भएको ७५ वर्ष भइसकेकाले नयाँ मूर्ति निर्माणको आवश्यकता भएको औँल्याउँदै वागीश्वरी नजिक १०८ फिट अग्लो हनुमान्को मूर्ति पनि निर्माणाधीन छ ।

“विपीचोकबाट सुरु भएर इदगाह-गुरुद्वारा धम्बोझी-वागीश्वरी मन्दिर-घरबारीटोल– पीपलबोट-गुम्बा-त्रिवेणीमोड अब धार्मिक करिडोर बन्नेछ । नेपालगञ्ज सबै धर्म मान्नेको नगर हो । सबै धर्मावलम्बीको धार्मिकस्थल जोडेर करिडोर बनाउँदा आपसी सद्भाव बढेमा हामी विश्वस्त छौँ । ”, नगरप्रमुख विष्टले भन्नुभयो ।

दुई वर्षअघि जुँगे महादेव मन्दिरको मर्मतसम्भार थालिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार