काठमाडौँ- नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ अष्ट्रेलियाको ए लिग खेल्ने भएकी छिन् ।
बिहीबार वेलिङ्टन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ती जारी गर्दै सावित्रालाई दुई वर्षको सम्झौता गरेको बताएको छ।
न्युजिल्यान्डको वेलिङ्टन सहरमा रहेको वेलिङ्टन फिनिक्स फुटबल क्लबले अष्ट्रेलियाको ए-लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्छ। वेलिङ्टन फिनिक्स न्यूजिल्यान्डको एक मात्र ए-लिग क्लब हो, जसले देशको तर्फबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दछ।
फोनिक्समा आबद्ध भएपछि साम्बाले उत्साहित भएको बताएकी छन्। साथै धेरै गोल गर्न प्रयास गर्ने र समर्थकलाई खुसी दिने उनको भनाइ छ।
https://x.com/WgtnPhoenixFC/status/1945710054209880094
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया