श्रावण ५, २०८२ सोमबार July 21, 2025

जडिबुटी दुर्घटना: अमानवीय ढंगवाट घाइतेलाई डिकीमा कोचे पछि मृत्यु भएको परिवारको दावी

पिडित परिवारद्धारा मानव अधिकार आयोगमा उजुरी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, ३ असार । गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।

घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारक लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगे पछी उपचारको क्रममा चिकित्सकहरुले मृत्यु घोषणा गरेको दावी गरेको छ ।

यही विचमा बाहिरिएको सिसिटिभी फुटेज हेर्दा भने प्रहरीले डिकीमा अमानवीय ढंगवाट कोचिएको देखिएको छ । फुटेजमा ईनड्राइभ ट्याक्सीलाई बोलाएर घाईतेलाई पछाडी डिकीमा राखिएको र प्रहरीहरु अगाडी बसेको देखिन्छ । यही विषयलाई लिएर मृतक थापाका परिवारले अमानवीय ढंगवाट प्रहरीले गरेको लापरबाही कै कारण मृत्यु भएको दावी गर्दै मानवअधिकारवादीहरुलाई गुहारेका छन् ।

मृतक थापाका भाई अनिल थापाले रहस्यमय ढंगले दाजुको मृत्यु भएको बताउँदै घटनाको विषयमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेका छन् । पिडित परिवारले हिजाे मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । उजुरीमा प्रारम्भिक रुपमा सिसिटिभी फुटेज हेर्दा प्रहरीले अमानवीयता देखाएको कारण मृत्यु भएको बताउँदै नेपालको संविधान तथा मानवअधिकारको गम्भीर उल्लघंन भएको उजुरीमा उल्लेख गरिएको छ । पिडित परिवारले घटनाको सत्यतथ्य छानविन गरि न्याय दिलाउन र उचित क्षतिपुर्तिको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

घटनाका सम्बन्धमा कतिपय शंकास्पद तथ्यहरु समेत देखिएको बताउँदै मृतकका भाई अनिलले थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको गुनासो गरेका छन् । महोत्तरी बर्दिवास-८ निवासी मृतक थापाका श्रीमती र दुई छोरीहरु रहेका छन्  । बिशाल बस्नेत

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया