श्रावण ४, २०८२ आइतबार July 20, 2025

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

१६१ निजी विद्यालयमा पढ्न ४,४९९ विद्यार्थीले पाउनेछ छात्रवृत्तिको अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि आयोजना गरेको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न सो परीक्षामा कुल १४,१७३ विद्यार्थी सहभागी भएका थिए, जसमा १०,८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार, उत्तीर्ण विद्यार्थीमध्ये करिब ४,४९९ जनाले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ।

परीक्षामा विभिन्न संकायअन्तर्गत विद्यार्थीले सहभागिता जनाएका थिए। संकायअनुसार उत्तीर्ण विद्यार्थीको विवरण यसप्रकार रहेको छः

शिक्षा संकाय: कोटा २५, उत्तीर्ण १९ (छात्रा ९, छात्र १०)
मानविकी संकाय: कोटा ११९, उत्तीर्ण ६ (छात्रा ४, छात्र २)
कानून संकाय: कोटा १०५, उत्तीर्ण १३५ (छात्रा ७३, छात्र ६२)
व्यवस्थापन संकाय: कोटा २३१९, उत्तीर्ण १९५७ (छात्रा ६९०, छात्र १२६७)
विज्ञान संकाय: कोटा १९३१, उत्तीर्ण ८७५० (छात्रा ३२८८, छात्र ५४६०, अन्य २)

छात्रवृत्तिका लागि योग्य ठहरिएकाले काठमाडौँ महानगर क्षेत्रभित्रका १६१ वटा निजी विद्यालयहरूमा आफैँले प्राथमिकतामा राखेका विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।

यसैबीच, परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई साउन ५ गतेभित्र पुनर्योग (re-totaling) का लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ। पुनर्योगको नतिजा आएपछि मात्र उत्तीर्ण विद्यार्थीहरूको अन्तिम नामांकन सूची काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सार्वजनिक गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार