श्रावण ५, २०८२ सोमबार July 21, 2025

यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा सोमबार जित निकालेका छन् ।

एन्फा मैदान सातदोवाटोमा भएको खेलमा चर्च ब्वाइजले श्री भगवती क्लबलाई ४–२ गोलले हरायो । चर्च ब्वाइजको यो लिगमा तेस्रो जित हो ।

यस्तै अर्को खेलमा फ्रेन्ड्स क्लबले एनआरटी क्लबलाई ३–१ गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया