मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’

भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई भारतमा खेल्न अनुमति दिएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामबाद, ६ साउन । पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ ।

यसअघि भारतीय क्रिकेट टोली यस अघि गत फेब्रुअरी-मार्चमा भएको च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग खेल्न पाकिस्तान गएको थिएन । भारतले आफ्ना सबै खेल तटस्थ स्थान दुबईमा खेलेको थियो ।

पाकिस्तान हक्की महासंघ (पीएचएफ) ले अर्को महिना भारतमा हुने एसिया कपका लागि आफ्नो टोली पठाउन नसक्ने अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच)लाई जानकारी दिएको छ । भारतको वर्तमान अवस्था र सुरक्षा चिन्ताका कारण यो निर्णय गरिएको पीएचएफले जनाएको छ ।

हक्की एसिया कप अगस्ट २७ देखि बिहारको राजगीर स्टेडियममा ७ सेप्टेम्बरसम्म खेलाइने यसअघि नै तय भइसकेको छ । पीएचएफका अध्यक्ष तारिक बुग्तीले भने कि उनले एफआईएच र एसियन हक्की महासंघ (एएचएफ) लाई पत्र लेखेर आफ्नो चिन्ता व्यक्त गरेका छन्।

‘हामीले उनीहरूलाई (भारत) भनेका छौं कि वर्तमान परिस्थितिमा हाम्रो टोलीले भारतमा खेल्दा सुरक्षा जोखिम सामना गर्न सक्छ, त्यसैले आउँदैनौं’ एक बुग्तीले भने । बुग्तीका अनुसार पाकिस्तानी खेलाडीहरू पनि भारतमा हुने एसिया कपमा सहभागी हुन उत्सुक छैनन् । यो प्रतियोगिता विश्वकपका लागि छनोट पनि हो । बुग्तीले यो पनि भने कि एफआईएच र एएचएफले टूर्नामेंट र पाकिस्तानको खेलको बारेमा के गर्ने भनेर निर्णय गर्नुपर्नेछ।

पीएचएफले भन्यो– हाम्रा खेलाडीको सुरक्षाको ग्यारेन्टी के छ ? पीएचएफ प्रमुखले भारतमा आफ्नो टोलीको सुरक्षाको ग्यारेन्टी के हो भन्ने प्रश्न पनि उठाएका छन्। तर, पाकिस्तान सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । हालै एक वरिष्ठ सरकारी अधिकारीले टोलीले भारत भ्रमण नगर्ने बताएका हुन् ।

उता, भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई भारतमा खेल्न अनुमति दिएको छ । भारतीय खेलकुद मन्त्रालयले पाकिस्तान हक्की टोलीलाई एसिया कप भारतमा खेल्ने अनुमति दिएको हो । मिडिया रिपोर्टका अनुसार खेलकुद मन्त्रालयले सो कुरा जनाइसकेको छ। ‘हामी कुनै पनि बहुराष्ट्रिय च्याम्पियनसिपमा भारतमा खेल्ने टोलीको विरुद्धमा छैनौं, द्विपक्षीय शृंखलाको मामला फरक छ,’ भारतीय खेलकुद मन्त्रालयको प्रतिक्रिया छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार