श्रावण ७, २०८२ बुधबार July 23, 2025

कर्णाली प्रदेश प्रमुख जोशीद्वारा ‘स्थानीय सेवा ऐन संशोधन विधेयक’ प्रमाणीकरण

कर्मचारीको स्तर वृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

साउन । कर्णाली प्रदेश ‘स्थानीय सेवा ऐन’ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख यज्ञराज जोशीले आज ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

स्थानीय तहका कर्मचारीहरूको वृत्ति विकासमा महत्त्वपूर्ण मानिएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण भएसँगै अब ऐनको रूपमा लागू हुने छ । यो सँगै कर्मचारीको स्तर वृद्धिका लागि आवश्यक भौगोलिक क्षेत्रमा काम गरेको हुनुपर्ने अनिवार्य प्रावधान हटेको छ । लामो समयदेखि स्थानीय तहका कर्मचारीहरूले उठाउँदै आएको यो माग सम्बोधन भएपछि उनीहरूले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

यसअघि प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको ३१ औँ बैठकबाट कर्णाली प्रदेशसभाबाट ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको थियो । संशोधन विधेयकमा थप सुधार गरेर पारित गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार