श्रावण ७, २०८२ बुधबार July 23, 2025

साफ यु-२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली स्वदेश फिर्ता

भुटान र श्रीलङ्कालाई हराएको नेपाल बङ्गलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । साफ यु –२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली मङ्गलवार स्वदेश फर्किएको छ ।

टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता बन्नुको मुख्य कारण थकान भएको तर्क गर्नुभएको छ । निरन्तरको खेल तालिका र मुख्य खेलाडीको थकानलाई हारको प्रमुख कारणको रूपमा देखाउँदै प्रशिक्षक गुरुङले पाँच वटा खेल २४–२४ घण्टाको फरकमा खेल्नु परेकोले खेलाडीहरूलाई विश्राम मिलेन । थकान धेरै भएको बताउनुभयो ।

प्रतियोगितामा भुटान र श्रीलङ्कालाई हराएको नेपाल बङ्गलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । बङ्गलादेशको ढाकास्थित वसुन्धरा किङ्स एरिनामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग नेपाल ४–० गोलले पराजित भयो ।

योसँगै बङ्गलादेशले अपराजित रहँदै १८ अङ्कका साथ उपाधि हात पार्यो । बङ्गलादेशसँग दुई हार बेहोरेको नेपालले ६ खेलबाट १२ अंक पुर्‍यायो । नेपालले लिग चरणमा श्रीलङ्कालाई समान ७ गोलले पराजित गरेको थियो । भुटानलाई ६–१ र ८–० ले पराजित गरेको बङ्गलादेशसँग नेपाल ३–२ ले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया