श्रावण ८, २०८२ बिहिबार July 24, 2025

त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने

शङ्खलाको उपाधिका लागि न्युजिल्यान्ड र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । न्युजिल्यान्डले जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा लगातार तेस्रो जीत निकालेको छ ।

गएराति भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सात विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।

त्यसअघि हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले आठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो । लगातार तेस्रो खेल जितेको न्युजिल्यान्डको ६ अङ्क छ ।

शङ्खलाको उपाधिका लागि न्युजिल्यान्ड र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । लिग चरणको अन्तिम खेलमा भोलि न्युजिल्यान्ड र जिम्बाब्वेले खेल्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार