श्रावण ८, २०८२ बिहिबार July 24, 2025

चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह

पार्टीको सङ्गठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महेन्द्रनगर,धनुषा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताउनुभएको छ ।

आज नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन प्रमुख कारण रहेकाले चुरे संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले मधेशमा देखिएको पानीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले मधेशमा देखिएको पानीको समस्या समाधानका बारेमा केही ठोस् निर्णय गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने बताउँदै भन्नुभयो, “एकले अर्कोलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमीकमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले कसैलाई राम्रो गर्दैन ।”

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले पार्टीको सङ्गठन सुदृढीकरणमा सबैले सहकार्य र समन्वय गरी लाग्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको भन्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पार्टी बलियो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरूले इतिहासमै यसपटक सहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिनुभएको थियो । उपप्रधानमन्त्री सिंहले आजै धनुषामा सहरी विकास मन्त्रालयले निर्माण गरेको सीता पुष्प वाटिका (राम/सीता विवाह मण्डप) र महोत्तरीको जलेश्वरमा निर्मित बहुउद्देश्यीय भवनको समुद्घाटन गर्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार