मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

संकटालाई २–१ ले पराजित गर्दै मछिन्द्र तेस्रो स्थानमा

नवौँ खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संकटा क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब एन्फा यू–१६ युथ लिगको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मछिन्द्रले संकटालाई २–१ ले पराजित गरेको हो ।

जितसँगै मछिन्द्र लिगको तेस्रो स्थानमा उक्लिएको हो । मछिन्द्रले आठ खेल खेल्दा पाँच जित, दुई बराबरी र एक हारसहित १७ अंक बनाएको हो । मछिन्द्रको जितमा राहुल कुमार योञ्जन र गोविन्द केसीले समान एक गोल गरे । संकटाका पेम्बा तामाङले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

मछिन्द्रले अब नवौँ खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) बिहान १० बजे हुनेछ । पराजित संकटा भने दोस्रो स्थानमा छ ।

मछिन्द्रसँग एक अंकको दुरी कायम गरेको संकटाले आठ खेल खेल्दा ६ जित र दुई बराबरीबाट १८ अंक कायम गरेको हो । अब उसले नवौँ खेलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । खेल आउँदो आइतबार (साउन ११ गते) बिहान १० बजे हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार