असार २९, २०८२ आइतबार July 13, 2025

सातजना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि सुर्खेत स्थित प्रदेश अस्पतालको ओपीडी सेवा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ७ जना चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आजदेखि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

अस्पतालका अनुसार दुई जना कन्सल्ट्यान्ट, ४ जना मेडिकल अधिकृत र एक जना स्वाथ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आजदेखि एक साताका लागि ओपीडी सेवा बन्द गरिएको हो ।

अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई कोरोनाको संक्रमण हुन नदिनका लागि सतर्कता अपनाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । खड्काका अनुसार एक सातापछि अस्पतालको अवस्था हेरेर अर्को निर्णय गरिनेछ ।

हाल प्रदेश अस्पतालको विशेष अस्पतालमा २३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया