कार्तिक २५, २०८३ बुधबार November 11, 2026

राष्ट्रपति पौडेलद्वारा गुरुङको निधनप्रति दुःख व्यक्त

लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा गर्नुभएको महत्त्वपूर्ण योगदान स्मरणीय रहने उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

पौडेलले शोक सन्देश जारी गर्दै लोकतान्त्रिक योद्धा स्वर्गीय गुरुङ्गले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा गर्नुभएको महत्त्वपूर्ण योगदान स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार गुरुङको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको छ । साथै, राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्देलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गर्नुभएको  छ ।

राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया