कार्तिक २५, २०८३ बुधबार November 11, 2026

अख्तियार प्रमुख प्रेमकुमार राईमाथि छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता (पूर्णपाठ)

वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराएका हुन् ।

युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका भन्दै आवश्यक छानबिन गर्न माग गरेका छन् ।

विशेष अदालतले केही दिनअघि अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो । अख्तियारले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै अदालतले राईमाथि प्रश्न उठाएको हो ।

अख्तियारले २०८० साल चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७३ साल वैशाख २ गते तत्कालीन सचिव प्रेमकुमार राईको अध्यक्षतामा निगमनको सञ्चालक समिति बैठक बसेको थियो । त्यस बैठकले निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद गर्न उपसमिति गठन गर्ने निर्णय गरेको थियो । तर अख्तियारले दायर गरेको आरोपपत्रमा भने त्यस निर्णयबारे कुनै विवाद नगरेको अदालतको टिप्पणी छ ।

विशेष अदालतको टिप्पणीले राईमाथि राजीनामाको दबाव बढिरहेका बेला अख्तियारमै मुद्दा दर्ता भएको हो ।

May be an image of ticket stub and text

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार