कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘जनप्रतिनिधि र कर्मचारी सेवक हौँ, शासक होइनौँ’ – मुख्यमन्त्री कँडेल

सेवाग्रहीलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
कर्णाली, ११ साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनप्रतिनिधि र कर्मचारी जनताका शासक नभई सेवक भएको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले जिम्मेवारी सम्हालेपछि राष्ट्रसेवक हुँ भन्ने धारणा कर्मचारीमा विकास हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कँडेलले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएको छ ।
उहाँले भन्नुभयो, “यहाँ जिम्मेवारी सम्हालेपछि तपाईं जस्तै म पनि सेवक हुँ, शासक होइन भनेर मैले हेक्का राखेको छु । अरूबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गर्दछु ।”
मुख्यमन्त्री कँडेलले सेवाग्रहीलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । कर्मचारीतन्त्रमा अझै पनि परम्परागत शैली कायम रहेको टिप्पणी गर्दै उहाँले त्यस्तो शैली सुधार्न नसके अपेक्षित नतिजा हासिल नहुने जिकिर गर्नुभयो । “मन्त्रीले नीतिगत विषयमा सहजीकरण गर्ने हो । सेवाग्राहीसँग जोडिएका दैनिक विषय कर्मचारीबाटै सम्पादन हुने हुँदा गुनासोरहित सेवा दिन कर्मचारी नै बढी जिम्मेवार हुनुपर्छ”,  मुख्यमन्त्री कँडेलले भन्नुभयो,“नागरिकले सरकारका निकायबाट नयाँ ढङ्गले कार्यसम्पादन खोजिरहेको छन् । नियम कानुनले मिल्ने काम पन्छाउने काम गर्नुहुँदैन । नीतिगत समस्या भए मैले सहजीकरण गर्छु, तर गुनासो नआउने गरी कर्मचारीले कार्यसम्मादनमा ध्यान दिन आवश्यक छ ।”
मन्त्रालयका सचिव डा पुष्पराज शाहीले मन्त्रालयले नागरिक घरबिमा, पत्रकार स्वास्थ्य बिमा, विपद् पीडितका लागि राहत जस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गत आर्थिक वर्ष २०८१÷८२ मा मन्त्रालयले ७१ प्रतिशत प्रगति गरेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार