मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नेपालले एएफसी यु–२३ एसियन कप छनोट अघि मैत्रीपूर्ण खेल नखेल्ने

यु–२३ टोलीमा भएका अधिकांश खेलाडी सिनियर टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेलबिनै उज्बेकिस्तान जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपालले एएफसी यु–२३ एसियन कप छनोट अघि कुनै मैत्रीपूर्ण खेल नखेल्ने भएको छ ।

एसियन फुटबल महासङ्घ (एएफसी)ले गरेको समूह विभाजनमा नेपाल समूह ‘के’ मा छ । यो समूहमा ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् । तर, वरीयतामा आफूभन्दा माथि रहेका टोली भए पनि नेपाल सामान्य अभ्यासकै भरमा छनोट खेल्न ताजकिस्तान जाने भएको हो ।

यु–२३ टोलीमा भएका अधिकांश खेलाडी सिनियर टोलीमा रहेका कारण छुट्टै मैत्रीपूर्ण खेलबिनै उज्बेकिस्तान जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

यस छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन् । ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।

प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन् । आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार