कार्तिक २५, २०८३ बुधबार November 11, 2026

सैनिक कल्याणकारी कोषले सामाजिक विकासमा योगदान पुग्छ : प्रधानमन्त्री ओली

सैनिक स्कुलमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा ख्याति प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक कल्याणकारी कोषले कल्याणकारी कार्यक्रममार्फत सामाजिक कार्य र विकासको साझा गन्तव्यमा थप योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीका अवसरमा आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा कोषका संरक्षक प्रधानमन्त्री ओलीले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा र आश्रित परिवारको हितका लागि सैनिक कल्याणकारी निर्देशनालयले कल्याणकारी कोषमार्फत सञ्चालन गरेका विविध कल्याणकारी कार्यको प्रशंसा गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मिसनबाट आर्जित रकमबाट आफ्नै कोष खडा गरी स्थापना भएको सैनिक कल्याणकारी कोषले शिक्षा, स्वास्थ्य, परिवार आवासलगायत सामाजिक सुरक्षासँग सम्बन्धित विविध क्षेत्रमा योगदान दिइ राज्यको दायित्वसमेत कम गर्न महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“नेपाली सेनाका अवकाश प्राप्त सकलदर्जालाई क्षमता अभिवृद्धि तथा स्वावलम्बनका कार्यक्रममार्फत सेवानिवृत्त भएपश्चात्समेत ससम्मान जीवन व्यतित गर्न यस कोषले विशेष योगदान दिँदै आएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल अहिले विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा सक्रिय छौँ । सरकारको विकास र उत्पादनमूलक काम यसले लगानी गर्न सक्नेछ । यस अवस्थामा कोषको दिगोपनाका लागि मेरोतर्फबाट थप पहल हुनेछ ।”

उहाँले कोषद्वारा सञ्चालित शिक्षण संस्थाको नतिजालाई अध्ययन गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्नमा अब्बल रहेकामा खुसी व्यक्त गर्दै सैनिक महाविद्यालय र विद्यालयमा अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा ख्याति प्राप्त गरेको उदाहरणप्रति सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले नेपाली सेनाले कल्याणकारी कार्यक्रमको समयानुकूल पुनरावलोकन, पहुँच विस्तार र गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखी अझ सहज रूपमा सेवा तथा सुविधा उपलब्ध गराउँदै लैजाने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोषको स्थापना र सञ्चालनमा योगदान दिने अगुवाहरूलाई सम्मान प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार