मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु

च्याम्पियनसिपमा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन १४ गते । विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ ।

भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ, आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियनसिपमा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । च्याम्पियनसिपको विजेताले इङल्यान्डमा हुने विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार