मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी

प्रधानमन्त्रीले खेलकुदका लागि दिनुभएको निर्देशन छिट्टै सार्वजनिक गरिने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन १४ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी छिट्टै गठन गर्ने बताउनुभएको छ ।

नेपाल एथलेटिक्स सङ्घको चुनावी साधारण सभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको कानुन नमान्ने र खेलकुदमा सँधै विवाद निम्त्याउने ओलम्पिकमा तदर्थ कमिटी गठन गरेर अगाडि बड्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले प्रधानामन्त्री केपी शर्मा ओलीको निर्देशनमा नै ओलम्पिकको तदर्थ कमिटी गठन गर्न लागेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ओलम्पिक कमिटीमा देखिएको विवादको विषयमा प्रधानमन्त्रीको निर्देशन अनुसार नै तदर्थ कमिटी गठन गर्न लागिएको हो । ओलम्पिकमा आवद्ध २२ राष्ट्रिय खेल सङ्घका पदाधिकारी र मन्त्रालयले प्रधानमन्त्रीलाई भेटेर ओलम्पिक विवादबारे स्पस्ट जानकारी गराएका छौँ ।’’

उहाँले प्रधानमन्त्रीले खेलकुदका लागि दिनुभएको निर्देशन छिट्टै सार्वजनिक गरिने पनि बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले यसअघिनै जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसीलाई मान्यता नदिने जनाउँदै आएको थियो ।

एथलेटिक्स सङ्घको चुनावी साधारण सभाले बुधबार नै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ । साधारण सभामा बागमती र गण्डकीबाहेक पाँच प्रदशेका प्रतिनिधिको सहभागिता रहेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार