मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ब्राजिल कोपा अमेरिकाको फाइनलमा – उरुग्वेमाथि एकपक्षीय ५–१ को जित

ब्राजिलले उपाधिका लागि कोलम्बियाको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन, (एजेन्सी) साबिक विजेता ब्राजिल इक्वेडरमा भइरहेको महिला कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

रोड्रिगो पाज डेल्गाडोमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा ब्राजिलले उरुग्वेमाथि एकपक्षीय ५–१ को जित निकालेको हो । टोलीलाई जित दिलाउन अमान्डा गुटिएरेसले दुई तथा जियो गार्बेलिनी, कप्तान मार्टा र डुडिन्हाले समान एक गोल गरे । उरुग्वेका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको ११औं मिनेटमा गुटिएरेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गार्बेलिनीले टोलीको अग्रता दोब्बर बनाइन् ।

मार्टाले पेनाल्टीमार्फत गोल गर्दा पहिलो हाफमा ब्राजिलले ३–० को आरामदायी अग्रता लिएको थियो । ५१ औं मिनेटमा इसा हासबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितीमा आयो ।

गुटिएरेसले ६५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डुडिन्हाले गोल गरिन् ।

ब्राजिलले उपाधिका लागि कोलम्बियाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा कोलम्बियाले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो।

सर्वाधिक आठ पटकको च्याम्पियन ब्राजिलले १०औं पटक (हालसम्मका सबै ) फाइनल यात्रा तय गरेको हो । कोलम्बियाले भने चार पटक फाइनलको यात्रा गरेपछि उपाधि भने जित्न सकेको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार